नायिका केकी अधिकारी अभिनित रानी शाक्यको  ‘सु’नसा’न मन’ ( भिडियो )

गायिका रानी शाक्य फेरी एउटा नितान्त नयाँ भावनाको अति म’र्मस्पर्शी गीत ‘सुन_सान मन’ लिएर प्रस्तुत भएकी छिन।

निडर, दृढ, र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ ।

भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यले कोर्नु भएको अर्थपूर्ण शव्दहरू र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाउनु भएको छ । धेरैवटा चलचित्र निर्देशन गरी सकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गर्नु भएको हो ।

प्रोफेशनल ब्यस्तताले साहित्यिक माहौलबाट टाढिय पछि झण्डै दुई दशकको अन्तरालमा राजेश शाक्य आफ्नो शब्दरचना सहित ‘सुनसान मन’ लिएर फेरी साहित्यक सिर्जनामा फर्किएका छन । कुनै समयमा राजेश शाक्य कविता लेखन अनि शुभ समुह सँग आवद्द भई रंगमञ्चमा अभिनय र निर्देशनमा सक्रिय हुनुहुन्थ्यो ।

अब गीत लेखनलाई सक्रियता देखाउनु भएको छ । उहाँको लेखनको अर्को रमाईलो गीत “सल्लाघारी” रिलिजको तयारीमा छ । ओम कर्माचार्यको नै संगीतमा गायिका रानी शाक्यले आफ्नो पहिलो गीत “फेरी आज एकान्तमा” रिकर्ड गर्नु भएको थियो । जसको रचना लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार