सलमान मेरा मिल्ने साथी हुन् साथी बाहेक हाम्रो कुनै पनि संम्बन्ध छैन : कैटरिना कैफ

एजेन्सी- बलिउड सुपरस्टार सलमान खानलाई अधिकांश फिल्मकर्मी भाइजान भनेर सम्बोधन गर्ने गर्छन् । तर, खासमा सलमान आफूलाई भाइजान भनेको मन पराउँदैनन् । उनी आफू आफ्ना दाजुभाइ बहिनीहरूले मात्र भाइजान भनेको मन पराउँछन् ।

हालैको एउटा अन्तर्वार्तामा सलमानले आफूलाई कैटरिना कैफले भाइजान नभनून् भन्ने इच्छा व्यक्त गरे । सलमानको यो कुराको मान्छेले आ–आफ्नो रूपमा व्याख्या गरेका छन् । सलमान र कैटरिनाबीच कस्तो सम्बन्ध छ भन्नेबारे सबै जानकार छन् ।

त्यसकारण सलमान पहिला नै सजक भएका छन् । मिडियाले कैटरिनालाई सलमानको इच्छाबारे सोध्न भ्याएछन् ।नयाँ पत्रिकामा खबर रहेको छ ।

कैटरिनाले जवाफ दिइछन्, ‘सलमान मेरा मिल्ने साथी हुन् । उनलाई म किन भाइजान भनूँ रु’ कैटरिनाको उत्तर सुनेर सायद सलमान खुसी होलान् ।

कैटरिनाको करिअर अघि बढाउन सलमानले निकै सहयोग गरेका छन् । उनीहरूबीच अफेयर चलिरहेको भारतीय मिडियाले उल्लेख गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार