लु’कीछि’पी खाडी देश हिँडेका २६ नेपाली महिला श्रीलंकाको जे’लमा

वैदेशिक रोजगारीका लागि श्रीलंका हुँदै खा’डी मुलुकतिर हिँडेका ३६ नेपाली महिलालाई श्रीलंका प्रहरीले प’क्राउ गर्‍याे । भिजिट भिसा लगाएर काम गर्न हिँडेका उनीहरू श्रीलंकामा विभिन्न समयमा प’क्राउ परेका थिए ।

तर, प’क्राउ परेकामध्ये १० जना महिलाकाे उ:द्धार गरी स्वदेश फर्काइएकाे छ ।अहिले जे’लमा रहेका २६ जना महिलामाथि अध्यागमन कसुर र अवैध बाटोबाट तेस्रो देश प्रवेश गर्न खोजेको आ’रोप लागेकाे श्रीलंकास्थित नेपाली दूतावासले जनाएकाे छ ।

भिजिट भिसामा वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न देश हिँडेका ती महिलालाई भिसाको म्याद सकिएपछि श्रीलंका प्रहरीले प’क्राउ गरेको थियो । दूतावासका अनुसार भिजिट भिसामा खाडीका देश हिँडेका ती महिला ९ महिनादेखि श्रीलंकाको जे’लमा छन् ।

प_क्राउ परेका ३६ जना महिलामध्ये ३० जना भारत हुँदै एक एकसाथ श्रीलंका प्र’वेश गरेका थिए भने अन्य ६ जना कसरी आए अ’नुसन्धा’न भइहेको दूतावासले जनाएकाे छ ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान ब’न्द हुँदा उनीहरू प्र’हरी फ’न्दामा परेका थिए । खाडी देश ताकेर हिँडेका थुप्रै नेपाली महिला श्रीलंकामा अड्’किएकाे हुनसक्ने दूतावासकाे अ’नुमान छ ।

श्रीलंका पु’र्‍याइएका महिला मानव त’स्करीमा आ’बद्ध श्री’लंकन ना’गरिकहरूले घरभित्र थु’नेर राख्ने गरेकाले यति नै संख्या भन्न नसकिने बताइन्छ ।

श्रीलंका जे”लमा रहेका २६ जना महिलालाई उ”द्धारका लागि प”हल भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सिवा लम्सालले बताइन् ।मु’द्दा हेरेर उनीहरूकाे उ’द्धार गरिने लम्सालले बताइन् ।

महिलाहरू यसरी पुर्‍याइन्छन् श्रिलंका

नयाँ दिल्लीस्थित विमानस्थलबाट तेस्रो देश घुम्न अथवा रोजगारीका लागि जाने नेपालीका हकमा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य आवश्यक पर्छ । जसकारण एजेन्टहरूले नेपाली म’हिलालाई रोजगारीका लागि तेस्रो देश लैजाँदा मुम्बईस्थित विमानस्थल हुँदै लाैजान्छन् ।

नेपालमा म’हिलाहरूसँग डि’ल गर्ने भारतसँग जोडिएका सिमाना नघाउने, भारतबाट स्थलमार्ग हुँदै श्रीलंका पुर्‍याउने र श्रीलंकाबाट खाडीका देश पुर्‍याउने एजे’न्टहरू छुट्टा–छुट्टै सक्रिय हुने गरेको प्रहरीकाे मा’नव बे’चबि’खन अ’नुसन्धा’न ब्युरोले जनाएकाे छ । म’हिला त’स्करी गर्ने गिरोहले ठाउँ–ठाउँमा ए’जेन्ट राख्ने गरेको ब्युरोका अधिकारीहरू बताउँछन् ।

गत भदौयता श्रीलंका हुँदै करिब ९ सय नेपाली महिलालाई मान’व त’स्करले घ’रेलु कामका लागि खा:डीका देश ‍पुर्याएको सूचना पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।(शिलापत्र बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार