भाईरल सचिन परियार, राजन कार्की र समिक्षा अधिकारीको ‘बनको खयर’ (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक राजन कार्की र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ ।

‘बनको खयर’बोलको गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको छ । तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

भिडियोमा राजन कार्की,सुबिक्षा हमाल,सवि हमाल,सुवि हमाल र बाल कलाकार सचिन परियार र अग्रता कार्कीको अभिनय रहेको छ ।

सर्जक सुन्दर हमालले आफ्नै छोरीहरु सवि हमाल र सुवि हमाललाई यसै भिडियो मार्फत अभिनयमा डेब्यु गराएका छन् । नवराज उप्रेतीले छायाँकन गरेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् । सार्वजनिक गीत हमालको आफ्नै च्यानल सवि सुवि इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार