१ रूपैयाँ किलोमा टमाटर ,काठ्माण्डौ मै यस्तो तरकारी बजार

सस्तो र ताजा तरकारी खोज्दै हुनुहुन्छ भने अब तपाईं कालिमाटी-बल्खु धाउनुपर्छ भन्ने छैन। अनामनगरमा पनि ठूलो तरकारी बजार खुलेको छ।

यहाँ कालिमाटी-बल्खुमा जस्तै होलसेल मूल्यमा तरकारी पाइने बजारका सञ्चालक नव श्रेष्ठ बताउँछन्।

‘व्यापारी वा खुद्रा किन्ने सबैलाई होलसेल मूल्यमा तरकारी पाइन्छ,’ उनले भने, ‘यो साता टमाटर भने किलोको एक रूपैयाँमै।’

टमाटर सबै तरकारीको राजा भएकाले एक रूपैयाँ किलो दिएको उनी बताउँछन्।

जे तरकारी पकाउँदा पनि टमाटर हाल्नैपर्छ। त्यही भएर हामीले एक रूपैयाँमै दिएका हौं,’ उनले भने। यो कम्पनीले दिएको ‘स्किम’ हो जुन यो साताभरि मात्र लागू हुने उनले जानकारी दिए। 

यसका केही शर्तहरू भने छन्। कोही पनि ग्राहकले एक रूपैयाँ लिएर टमाटर मात्र किन्न पाउँदैनन्। अन्य तरकारी किनिसकेपछि टमाटर एक रूपैयाँमा पाइने हो।

‘यति नै मूल्य बराबर किन्नुपर्छ भनेर तोकेका त छैनौं,’ उनी भन्छन्, ‘अन्य तरकारी दुई/तीन किलो किनेपछि टमाटर एक रूपैयाँमा पाइन्छ।'(सेतोपाटी बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार