लड्डु खाएर प्रचण्ड र नेपालले मनाए खुशीयाली

काठमाडौं :प्रतिनिधिसभा पुनस्र्थापनाको खुसीयालीमा एकले अर्कोलाई लड्डु खुवाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले खुशी साटेका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई मंगलबार सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि प्रचण्ड र नेपालले खुशीयाली मनाएका हुन् । चितवनमा रहेका प्रचण्ड र नेपालले सबैलाई खुशीयाली मनाउन अपीलसमेत गरेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउनसमेत आदेश जारी गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो ।

सत्तापक्षको नेतृत्व ओलीले गरेका थिए भने प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै प्रचण्ड र नेपालले नेतृत्व गरेको समूह सडक सं,घर्षमा थियो ।(अन्नपुर्ण पोष्ट बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार