आमाको साथ छुट्यो तर आमाले किनिदिएको खेलौना हातमै…

गुल्मी – गयको बुधबार गुल्मीमा भएको जिप दुर्घ-टनामा आमा गु-माएकी चार वर्षीय बालिका जिल्ला अस्पताल तम्घासमा यता उता चाहर्छिन् । सोही अस्पतालमा उनका पिता प्रकाश नेपालीको उपचार भइरहेको छ ।

गुल्मीकै पराल्मी गाउँका प्रकाश नेपाली र उनकी पत्नी शान्ति नेपालीले अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शनका लागि चार वर्षीय छोरीलाई सँगै लगेका थिए । मंगलबार मन्दिर दर्शन गरेपछि उनीहरु अर्घाखाँचीमै एक आफन्तको घरमा बसे ।

दु-र्घटनामा शान्तिको मृ,त्यु भयो भने प्रकाश घा-ते अवस्थामा उपचाररत छन् । चार वर्षीय छोरी भने आमाले किनिदिएको खेलौना हातमा लिएर यताउता

गयको बुधबार तम्घास बजारमा प्रकाश र शान्तिले सामान्य किनमेल गरे । सोही क्रममा शान्तिले चार वर्षीय छोरीका लागि खेलौना किनिदिइन् । त्यसपछि घर फर्कन जिप चढेका उनीहरु बाटोमै दुर्घटनामा परे । दु-र्घटनामा शान्तिको मृ’त्यु भयो भने प्रकाश घा-ते अवस्थामा उपचाररत छन् । चार वर्षीय छोरी भने आमाले किनिदिएको खे-लौना हातमा लिएर यताउता चाहर्दैछिन् ।

प्रकाशका अनुसार चालकले जिप अस-न्तुलित हुनासाथ चार वर्षीय बालिकालाई आमाको काखबाट तानेर सडकमा खसालिदिएका थिए । त्यसैले ती बालिकालाई खासै चो-ट लागेन । तर प्रकाश र उनकी श्रीमतीसँगै अन्य यात्री जिपमै रहे । सडकबाट जिप तल खस्दा ८ जना घाइ-ते भए भने तीन जनाको मृ,त्यु भयो ।

जिल्ला अस्पताल तम्घासमा उपचार गराइरहेका प्रकाशलाई उनकी पत्नीको नि-धन भएको थाहा दिइएको छैन । उनी पत्नीलाई पाल्पामा उपचारका लागि पठाइएको भ्रममा छन् ।

‘फागुन २ गते दिदी आउनुभएको थियो, हिजो हाँसीखुशी घर जानुभएको थियो तर बाटोमै त्यस्तो भयो

रेसुङ्गा नगरपालिका १४ मा पर्ने पराल्मी गाउँ तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप पराल्मिको ठुलापँधेरामा दुर्घ-टना हुँदा तम्घास नजिकै बुट्टाखुरीकी ४७ वर्षीय चेली गोमा नेपालीको पनि निधन भयो । उनी माइतीघरबाट घरतर्फ फर्कदै थिइन् ।

उनका भाइ कृष्ण नेपाली भन्छन्, ‘फागुन २ गते दिदी आउनुभएको थियो, बुधबार हाँसीखुशी घर जानुभएको थियो तर बाटोमै त्यस्तो भयो ।’ सोही दुर्घ-टनामा परी मृत्यु भएका अर्का व्यक्ति हुन् पराल्मी गाउँका ४८ वर्षीय एकबहादुर पोख्रेल । ६ दिन अघिमात्र भारतबाट आमाको तिथि गर्न आएका उनी जिपमा चढेको पाँच मिनेटमै दुर्घ-टनामा परेका थिए ।

उनकी श्रीमती, एक छोरा र दुई छोरी भारतमै छन् । मोटरबाटो खुलेको वर्षौ हुँदा पनि सदरमुकाम नजिकै पराल्मीको सडक स्तरोन्नति हुन नसक्दा त्यहाँका बासिन्दाले धेरै पटक दुर्घ-टनाको जो-खिम मोल्दै आएका छन् । रातोपाटी बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार