सोनाक्षी भन्छिन् : अब म एक्लै बस्न सक्दिन विवाह गर्नलाई केटा पाइएन !

काठमाडौं । चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा उनको आगामी फिल्म ‘कलंक’को कारण निकै चर्चामा आउन थालेकी छन् । उनी यसै फिल्मको प्रचार–प्रसारका लागि एक टिभी शोमा पुगेकी थिइन् ।

उनको साथमा को–स्टार बरुण धवन र अर्की अभिनेत्री आलिया भाट पनि सँगै थिए । उक्त टिभी शोमा तीनै जना कलाकारहरु बरुण धनव, आलिया र सोनाक्षीलाई विहेको बारेमा प्रश्न गरिएको थियो ।

जहाँ ‘तपाईहरु तीनै जनाले विहे गर्दै हुनुहुन्छ ? सबै भन्दा पहिले कसले विहे गर्दै हुनुहुन्छ ? लगाएतका प्रश्न गरिएको थियो ।

अभिनेत्री सोनाक्षीले यस प्रश्नको उत्तर फर्काउँदै भनिन्, ‘मैले आलिया र बरुण भन्दा पहिल्यै विहे गर्न चाहन्छु । विहेको लागि तयार छु । अब घरबार जमाउनुपर्छ । अहिले मैले जीवनसाथीलाई खोजिरहेकी छु ।

’अभिनेत्री सोनाक्षीले यसो भनिरहँदा समाचारमा भने, उनले नोटबुकफेम अभिनेता जहीर इकबाललाई डेट गरिरहेकी उल्लेख हुँदै आएको छ ।

अभिनेता जहीरले इन्टाग्राममा सोनाक्षीलाई जन्मदिनको शुभकामना दिएका थिए । तर अहिलेसम्म यो जोडीको डेटिङको आधिकारिक पुष्टी भने भएको भएको छैन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार