‘जसरी च’री लडेर म’र्दैन, सीप सिकेपछि मान्छे भो’को म’र्दैन’

काठमाण्डौ – शिक्षण पेशा छाडेर कुनैबेला वैदेशिक रोजगारीमा जानुभएका प्रकाशबहादुर बोगटी अहिले पनि शिक्षक नै हुनुहुन्छ, तर विद्यालयमा भने होइन ।

काठमाण्डौको मनमैजूमा बीसीटीसी ट्रेनिङ सेन्टर छ । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई त्यहाँ स्काफोल्डिङको सीप सिकाइन्छ । त्यही सेन्टरमा ट्रेनर अर्थात शिक्षक हुनुहुन्छ, बझाङको छान्नाका प्रकाश ।
समयले मान्छेलाई अनेकन यात्रा तय गर्न बाध्य बनाउँछ । प्रकाश पनि यस्तै यात्रा गर्दै यहाँसम्म आइपुग्नु भएको हो ।

दुई दशक पहिले, सन् १९९९ मा गाउँमा रोजगारीका केही अवसर नभएपछि प्रकाश धन कमाउन भारत जानुभयो । भारतमा दुई वर्ष काम गर्नुभयो । त्यहाँ काम गर्दा उहाँले पैसा त कमाउनुभयो तर आत्मसम्मान मिलेन । भारतीयले आफूलाई ‘नेपाली बादुर’ भनेर अपहेलित शैलीमा बोलाएको उहाँलाई राम्रो लागेन । त्यसपछि उहाँ काम गर्नको लागि भारत कहिल्यै नजाने भनेर गाउँ फर्किनुभयो ।

१२ कक्षासम्मको पढाइ गर्नुभएका प्रकाशले त्यहाँबाट फर्केर गाउँकै निजी विद्यालयमा शिक्षण पेशा अँगाल्नुभयो । निजी स्रोतबाट चलेको विद्यालय लामो समय टिकेन । त्योसँगै उहाँको जागिर पनि गुम्यो । तर न भारत जाने मन छ, न त गाउँघरमै रोजगारीको कुनै अवसर ।

गाउँघरमा कमै उमेरमा बिहे गरिदिने चलन छ । त्यतिबेला प्रकाश तीन छोराछोरीको बुवा बनिसक्नुभएको थियो । बढ्दै गएको घर परिवारप्रतिको  जिम्मेवारी । आफ्नै जिन्दगीको सुर समात्नुपर्ने बेला रोजगारीको लागि भौंतारिरहनुभएका प्रकाशलाई उहाँका दाइले वैदेशिक रोजगारीमा जान सल्लाह दिनुभयो ।

आजभन्दा १५ वर्ष पहिले सुदूरपश्चिम, त्यसैमा पनि बझाङबाट वैदेशिक रोजगारीमा जाने निकै कम हुन्थे । सबैको रोजाइ भारत नै हुने गर्थ्याे । तर भारतदेखि मन मारिसक्नुभएका प्रकाशलाई भने त्यतिबेला अबको विकल्प तेस्रो देश नै हो भन्ने लाग्यो । वैदेशिक रोजगारीको बारेमा खासै केही थाहा नभएका प्रकाश, दाइको सल्लाह पाउनेबित्तिकै काठमाण्डौ आउनुभयो । उहाँका दाइ-भाउजू पनि काठमाण्डौमै बस्नुहुन्थ्यो ।

‘मलाई वैदेशिक रोजगारी भन्ने केही थाहा थिएन, दाइले राम्रो कमाइ हुन्छ भन्नु भएपछि म झोला बोकेर सिधै काठमाण्डौ आएको थिएँ’, उहाँले १४ वर्ष पहिलेको त्यो क्षण सम्झिदै भन्नुभयो ।

सीप सिकेरै विदेश

वैदेशिक रोजगारी भनेपछि प्रकाशको मनमा अनेक कुरा खेल्दै थिए । आफ्नो गाउँघरका कोही पनि गएका छैनन् । त्यहाँ के काम गर्नुपर्छ, कस्तो हुन्छ ? प्रकाशसँग न आफ्नो अनुभव थियो, न त वैदेशिक रोजगारीको अनुभव बटुलेका कोही साथीभाइ नै थिए । वैदेशिक रोजगारीमा जाने कुरा एकदमै नयाँ थियो ।

तर जसरी पनि पैसा कमाउनु थियो प्रकाशलाई । देशमा रोजगारी नपाए विदेशमै भए पनि गरिन्छ भन्ने अठोट लिएर काठमाण्डौ आइसक्नुभएको थियो । काठमाण्डौ आएर उहाँले सुरुमा पासपोर्ट बनाउनेदेखि म्यानपावरमा गएर रोजगारीबारे बुझ्ने काम गर्नुभयो । 

त्यही क्रममा उहाँ त्रिपुरा म्यानपावर पुग्नुभयो । म्यानपावरले कतारमा निर्माण क्षेत्रको लागि श्रमिक चाहिएको र सीप सिकाएर मात्रै विदेश पठाउने कुरा गर्यो । त्यसपछि उहाँले काठमाण्डौको बाँसबारीमा रहेको ट्रेनिङ सेन्टरमा स्काफोल्डिङको तालिम लिनुभयो ।(पुरा खखर उज्यालो अनलाईनमा छ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार