थप ८१ जनामा को,रोना स,ङ्क्रम,ण पुष्टि,दुई जनाको मृ त्यु

काठमाडौँ, १५ फागुन – देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पु,ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण दुई जनाको मृ त्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ३२५ रहेको छ । निको हुने दर भने ९८ दशमलव छ प्रतिशत छ ।

अहिले देशभर ९८६ सक्रिय सङ्क्रमित छन् । ६२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २१ लाख ६० हजार ४०४ को पिसिआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाको कारण थप दुई जनाको मृ त्यु भएको छ ।

यससँगै हालसम्म दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्या,न गुमा,एको मन्त्रालयले जनाएको छ ।(रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार