५० वर्षभन्दा बढी समय बिरामीको निःशुल्क उपचारमा खटिनुभएका डा.उप्रेतीको निधन

काठमाडौं । समाजसेवी डा.शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा शनिबार राती निधन भएको छ । उहाँले झापाकाे एक गाँउमा ५० वर्षसम्म रहेर बिरामीको निःशुल्क सेवा गर्नुभएको थियो । झापामा उहाँलाई ‘आर्दश डाक्टर बा’ को उपनामले पनि चिनिन्छ ।

उहाँले इमान्दारीका साथ काम गर्न सके गाउँमा पनि डाक्टरहरुले नाम र दाम दुबै कमाउन सक्ने भन्दै गाउँमा डाक्टर जानुपर्ने कुरामा प्रेरित गर्दै आउनुभएको थियो ।

डाक्टरी पेशासँगै राजनीतिमा समेत सक्रिय रहनुभएका उप्रेती पछिल्लो समय काठमाडौंमा बस्दै आउनुभएको थियो । पञ्चायतीकालीन दमनाका विरुद्ध कदम चालेर उहाँ सक्रिय कार्यकर्ताका रुपमासमेच परिचित हुनुन्थ्यो ।

बिरामीलाई बिना शुल्क उपचार गरेर पनि उहाँले भारतको कानपुरबाट २०१७ सालमा एमबीबीएस पढाइ सकाउनु भएको थियो ।
उहाँको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिएको छ । हेल्थपाटी बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार