दलित विद्यार्थी पढ्ने विद्यालयमा छैनन् डेस्क-बेन्च

सुर्खेतको भेरीगंगा नगरपालिका– ९, शान्तिपुरमा रहेको विद्यासागर आधारभूत विद्यालयमा अधिकांश दलित विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।

५ कक्षासम्म अध्ययन अध्यापन हुने साे विद्यालयमा २४३ जना विद्यार्थी छन् । त्यसमध्ये २० जना गैरदलित विद्यार्थी छन् । २०५५ सालमा स्थापना भएको साे विद्यालयमा हालसम्म पनि विद्यार्थीलाई बस्नका लागि डेस्क-बेन्चकाे त कुरै छोडौँ, बस्ने चकटीसमेत छैन ।

कर्णाली प्रदेश सरकारले केही ठाउँमा स्मार्ट विद्यालय सञ्चालन गरेको बताए पनि विद्यासागर आधारभूत विद्यालयमा अझै भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीमबहादुर परियारले बताए ।

विद्यालय बनेयता चारकोठे भवनबाहेक अरु केही पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म विभिन्न निकायसँग माग गर्दा पनि विद्यार्थीका लागि बस्ने डेस्क-बेन्च पाउन सकेका छैनौँ ।’

अधिकांश दलित समुदायका बालबालिका रहेको र यहाँका दलित समुदायको आर्थिक अवस्था पनि अत्यन्तै दयनीय रहेका कारणले अभिभावकले विद्यालयका लागि चन्दा दिएर डेस्क र बेन्चको व्यवस्था गर्न नसक्ने अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परियारले बताए ।

‘यहाँका सबै दलित गरिबीको रेखामुनि रहेका छन् । गाउँमा रकम उठाएर डेस्क-बेन्च बनाउन सक्ने अवस्था छैन’, उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारसम्म हाम्रो पहुँच छैन । गाउँमा नेताहरू आए विद्यालयका अवस्थामा विषयमा जानकारी दिने गरेका छौँ ।’थप समाचार शिलापत्र मा छ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार