दुईवटा ट्रक एकापसमा ठो’क्किँ’दा २ जनाको मृ’त्यु

नवलपरासी, १८ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठो’क्किँदा दुई जनाको मृ’त्यु भएको छ । दुर्घ’टनामा परी दुई जना घा’इते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दु”र्घनामा परेका दुवै ट्रकका चालकको मृ’त्यु भएको हो ।

उनका अनुसार दु’र्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृ’त्यु भएको छ ।

दु’र्घटनामा परेर ट्रकका सहचालकसमेत घा’इते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइ’ते भएका छन् ।

घा’इते दुवैको अवस्था ग’म्भीर रहेको र पु’रानो मेडिकल कलेज भरतपुरमा उप’चार भइरहेको प्रहरी नायब उपरीक्षक गि’रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार