भर्खरै बिवाह गरेर नयाँ जीवनको सुरुवात गरेका २५ वर्षीय शाहीको मोटरसाइकल दुर्घटना परि मृ’त्यु

बाँकेको कोहलपुरमा आज भएको सडक दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुर्घ’टनामा परी घाइते हुनुभएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फ&रार रहेका छन् ।

उनको मृ’त्यु पछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दु’र्घटना भएको उक्त ठाउँमा टा’यर बालेर कारवाहीको माग गर्दै प्र’दसन भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पी’डित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च’क्काजाम खुलेको हो ।

चक्काजाम साढे १२ बजेदेखि खुलेको थियो । दुर्घ’टना लगत्तै स्थानीयहरुले किरणनालामा समेत टा’यर बा लेर प्रदर्शन गरेका थिए । केही बेर उक्त सडकखण्ड त ना’वग्र स्त बनेको थियो ।

शाहीको ३ महिना अघि मात्र बिवाह भएको थियो । उनि कोहलपुरका लोककल क्रिकेट खेलाडी पनि रहेको खुलेको छ । उनको मृ’त्यु पछि आज कोहलपुर सोकमा डुबे”को छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्रद्धाञ्जली अर्पण गर्दै यो घ’टनाले निकै दुखि तुल्याएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार