रघुजी पन्तलाई नायिका करिश्माले  भनिन्  ‘छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्

काठमाडौं-  प्रचण्ड माधब पक्षका नेता रघुजी पन्तले  राष्ट्रिय सभाकी सदस्य कोमल वलीविरुद्ध बोलेको अभद्र टिप्पणीको व्यापक विरोध भइरहेको छ।यसै बिच नायिका  करिश्मा मानन्धरले पनि नेता पन्तको अभिव्यक्तिविरुद्ध कडा आलोचना गरेकी छन् ।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै उनले  कडा आलोचना गर्दै सुझावसमेत दिएकी हुन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकि समाजले यो सुन्नुपर्दा लज्जा महसुस नहोस्।’

पन्तले एक कार्यक्रममा वर्षौंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चाउरी पारेका महिलाले चाहिँ कुनै अवसर नपाएको तर पि डुँला देखाउँदै पोइल जान पाम भन्नेलाई चाहिँ प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए ।

जुन विषय सामाजिक संजालमा भाइरल बनेको छ ।जसमा स्वयं सांसद वलीसहित अन्य पनि धेरैले आलोचना गरिरहेका छन्। ओली चर्चित गायिका समेत हुन् । ओलीले पन्त विरुद्ध अदालत जाने चेतावनी दिएपछि पन्तल ेक्रममा जिब्रो चिप्लिएको भन्दै सार्वजनिक रूपमा माफी समेत मागिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार