रमेश प्रसाईं र नन्दा आँखा उपचार गर्न पुगे डा. सन्तुक रुइतकोमा, खुसीको खबर होत ? (भिडियो)

धरानका प्रखर पत्रकार तथा रमेश प्रसाइका निकटका मित्र जीवन विस्टको विगत केही समय अघि देखि आँखा मा समस्या भएदेखी उनी आँखा को शल्यक्रिया गर्न तिलगंगा अस्पतालमा पुगेका थिए । प्रख्यात डाक्टर सन्दुक रुइतले जीवन विस्टको शल्यक्रिया गरेका थिए।

केही दिन अगाडि प्रखर वक्ता रमेश प्रसाइकी श्रीमती नन्दाले पनि आफ्नो आँखाको उपचार छिट्टै गर्ने बताएकी थिइन । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकि नन्दाले काठमाडौ आइसकेपछी एक युटुब च्यानलमा सो कुरा खुलासा गरेकी थिइन। तपाइँको आँखाको उपचारको लागि के सोच्नुभएको छ भन्ने प्रश्नमा नन्दा भनेकि थिइन :- मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा. सन्दुक रुइत संग परामर्श लिन उहाँलाइ भेट्न जाँदै छु ।

नेपालमा नभएर विदेश मा हुने भयो भने पनि म जान सक्दिन किनकी मेरो त्यँहा सम्म जाने हैसियत छैन। भरिसक्के नेपालमै भैदिएको भए सहज हुन्थ्यो; म भन्दा पनि मेरा यी बालबच्चा लाई हुर्काउन अझ बढी सहज हुन्थ्यो भन्ने उनको उनको भनाई थियो ।

नभन्दै केही महिनाको अन्तराल पछि नन्दा ले तिलङ्गना आँखा अस्पतालमा सन्दुकरुइतसग चेकजाँच गराएकि छिन् ।त्यति मात्रै हैन लगभक ३-४ महिना पछि पुर्ण चेकपमा आउने र त्यतिन्जेललाई दबाई समेत लेखी दिएका छन् ।निश्चय पनि सन्दुकले हजारौलाई देख्न सक्ने बनाएका छन् ।नन्दा पनि त्यहि लिस्टमा अटाउनेमा हामी बिस्वस्त छौ ।

थप हेर्नुस् भिडियो सामाग्रि:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार