जे’लबाट आफ्ताव आलमलाई छु’टाउन लागिरहनेछु : सभापति देउवा

रौतहट, १९ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नुभएको छ ।जिल्लाको बागमती किनार छेउमा रहेको गढीमाई नगरपालिका–६ धर्मपुरस्थित श्री १०८ विष्णु महायज्ञको उद्घाटन गर्न रौतहट आउनुभएका सभापति देउवाले आलमलाई छु टाउन आफू लागिपरेको बताउनुभएको हो ।

‘हाम्रा यहाँका साथी जे लमा हुनुहुन्छ । म उहाँलाई छु टाउन लागि रहने छु’, उहाँले भन्नुभयो, ‘अहिले अदालतको कुरा हो उहाँले धैर्य राखेर चिन्ता नलिई बस्नुभयो भने भोलिका दिनमा परिस्थिति बदलिन्छ । त्यसका लागि पनि उहाँलाई निर्धक्क साथ बस्नुहोला, भन्न चाहन्छु ।’

त्यस्तै, उहाँले आलमलाई छु टाउने प्रतिवद्धता गरिरहँदा कार्यक्रम स्थलमा तालीसमेत बजेको थियो । अर्को एक प्रसंगमा उहाँले आफू हिन्दू भएपनि सबै धर्मप्रति आस्था राख्ने बताउँदै नेपालमा सबै धर्म मान्नेहरु मिलेर शान्तिपूर्ण रुपमा बसेको उदाहरण दिनुभयो ।

उहाँले को रोना सं क्रमणको जो खिममा कमी नआएको भन्दै को रोना सं क्रमणबाट बच्न सामाजिक दूरी कायम गर्दै मास्कको नियमित प्रयोग गर्न पनि स्थानीयलाई सुझाउनुभयो । श्री १०८ विष्णु महायज्ञको पूजा ११ दिनसम्म हुने र सो स्थानमा धार्मिक तथा मनोरञ्नात्मक मेलासमेत लाग्ने गरेको यज्ञ समिति एवं गढीमाई नम्बर ६ का वडाअध्यक्ष रामसिन्हासन यादवले जानकारी दिनुभयो ।

दर्जनौं व्यक्तिलाई इट्टाभट्टामा जि उँदै ज लाएको आ रोपमा प क्राउ परेका पूर्व मन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थु नामा पठाउने आदेश दिएको छ । हाल उनी केन्द्रीय का रागार काठमाडौँमा रहेका छन् ।

प्रथम संविधानसभाको अघिल्लो दिन वि.सं. २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा नोपली काँग्रेसका नेता शेख इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर ब म बनाउँदै गर्दा ब म बिस्फोट हुँदा घा इते भएकाहरुलाई उपचार गर्नुको सट्टा जिउँदै इट्टाभट्टामा जलाएको आ रोप आलममाथि लागेको छ ।आलम गत प्रतिनिधि सभाको निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट १८ हजार ८३३ मत ल्याएर विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार