दार्चुलामा जीप दु’र्घटना

दार्चुला– दार्चुलाको जिल्लाको लेकम गाउँपालिका–६ उचाकोटमा जीप दु’र्घटना हुँदा तीन जनाको ज्या’न गएको छ । दु’र्घटनामा परी ‍अन्य ४ जना घाइ’ते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भास्कर चन्दका अनुसार शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घ’टना भएको हो ।

दुर्घ’टनामा जीप चालक लेकम गाउँपालिका–६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका–८ का ७० वर्षीय सुनादेवी पन्तको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ  ।

दु’र्घटनामा परी घा’इते भएका शैल्यशिखर–८ का ४० वर्षीय पदमराज पन्तको अस्पताल लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

सूचना अधिकारी चन्दका अनुसार दुर्घटनामा परी शैल्यशिखर–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेका छन् ।

जीप कच्ची सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घा’इतेहरूको थप उप’चारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार