गाँउका दुई युवाको दु’र्घटनामा मृ’त्यु भएपछि शोकमा डुब्यो लक्ष्मीमार्ग (तस्विरहरु)

बेलबारी । लाउँलाँउ र खाँउखाँउ उमेरका दुई युवाहरुले अकल्पनीय दुर्घटनामा ज्यान गुमाएपछि मोरङको बेलबारी ११ लक्ष्मीमार्ग शोकमा डुबेको छ ।एकाबिहानै सुनिएको अकल्पनीय खबर शुरुमा कसैले नपत्याएपनि अन्ततः बास्तविकता त्यहि थियो मध्यरातमा मोरङको सुन्दरहरैँचास्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जना युवाले ज्यान गुमाएका हुन ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो । मृतक दुवै जनाको बिहान ७ बजेतिर पहिचान खुलेको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिहान १ः४० बजेतिर विराटनगरको कोसी अस्पतालमा ज्यान गएको एसपी शर्माले बताए ।

उनका अनुसार ढिलो गरेर दुवै मृतकको पहिचान खुले पनि उनीहरुमध्ये कसले मोटरसाइकल चलाएको थियो भनेर यकिन हुन सकिरहेको छैन ।दुर्घटनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको जानकारी शर्माले दिए । उनीहरुमध्ये सह–चालकको दाहिने हातको पञ्जा र कपाल जलेको छ ।

एसपी शर्माका अनुसार दुर्घटना भए पनि हायसमा यात्रा गरिरहेका १२ जना यात्रु भने सकुशल रहेका छन् । उनीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । हायसका चालकले मापसे गरेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक दुई जनाले मापसे गरे–नगरेको खुल्न बाँकी छ ।

काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र विपरीत दिशा पूर्वबाट पश्चिमतर्फ बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल एक्कासि हायसको अगाडिको भागमा बिहान १२ः४० बजेतिर सुन्दरहरैँचा–८ स्थित मध्याली पुलनजिक ठोक्किएको घटनाका प्रत्यक्षदर्शी यात्रुले प्रहरीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार