अलिफ खान र रचना रिमालको पहिलो भेट

रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ । रचनाको गायन इतिहाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको दुई वर्ष पनि पुगेको छैन । तर उनलाई नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् ।

उनको पछिल्लो गीत फोटो फिरिममा हिट भएपछि रचनालाई दैनिक जसो गीत गाउन प्रस्ताव आईरहेको छ । आफुले यो दुई महिनाको अबधिमा ४० वटा गीत गाएको बताइन् । यी गायिकाको रुमाल चिनो…., पानी मिठो धाराको…, कोसँग बोलुँ मनको…, एक चिम्टी सिन्दुर…, नरौ नरौ निरमायाँ…, काफल गेडी कुटुक्कै…, तिमी बिना…, मेरो मायाँ हार हैन…, रित्तो मझेरी…, तीज भाका आयो चेली…, सृष्टीको अनुपम उपहार जीवन…, उनको प्रीति…जस्ता थुप्रै गीतहरु अहिले चर्चामा छन् । उनका गीतहरु मध्ये फोटो फिरिममा…, मिनरल वाटर…, आयो चेली…, पहिलो पल्ट भेट हुँदा…जस्ता गीतहरु १० देखि ८० लाख पटकसम्म युट्युब च्यानलमा हेरिएको छ । यस्तै बसन्त सापकोटासँगको पछिल्लो गीत सुनन पियारी…पनि निकै मन पराईएको छ ।

यसैबिच अर्का चर्चामा रहेका गायक अलिफ खान र रचनाको पहिलो भेट भएको छ । शिशिर भण्डारीसँगको कुराकानीमा यि दुईको भेट भएको हो । भेटमा रचनाले अलिफको र अलिफले रचनाको गीत गाए । अलिफले दोहोरीमै रचनालाई यस्तो भने, रचनाले हसाएरै अन्तर्वार्ता सकाईन् । भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार