डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड

भक्तपुर, २७ फागुन । हरेक बर्ष झैँ यस वर्ष पनि महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा मेला लागेको छ । शिवरात्रीका अवसरमा भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा विहान देखि दर्शनार्थीको घुईचो लागेको हो ।

प्रत्यके वर्ष शिवरात्री पर्वको अवसरमा डोलेश्वर मन्दिरमा विभिन्न जिल्लावाट आउने दर्शनार्थीको भीड लाग्ने गर्छ । कोरोना माहामारीको जोखिम रहेकाले डोलेश्वर महादेव दर्शनका लागि आउने भक्तजनहरुलाई माक्स र सानिटाइज अनिर्वाय गरेको मन्दिर विकास समितीले जानकारी दिएको छ ।

भक्तजनहरुलाई विषेश पुजा, हवन र रुद्धाभिषेक गरि पञ्च स्नान गराउने व्यवस्था समेत गरेको छ । मन्दिर विकास समितिले भिडभाडलाई मध्यनजर गर्दै जगाती प्रहरी, भक्तपुर ट्राफिक प्रहरी समेत परिचालन गरिएको छ ।

मन्दिर परिसरमा स्वस्थ्य परीक्षणका लागि स्वयमसेवकका रुपमा नेपाली सेना इन्द्र बस्क दल गण सुर्यविनायकका चिकित्सकको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

तर यस वर्ष डोलेश्वर मन्दिरमा साधुसन्त तथा बाबाहरुको भने गत बर्षमा भन्दा कममात्र उपस्थिती रहेको छ । भारतमा कोरोनाको खोप अभियान चलिरहेकाले भारतवाट आउने साधुसन्त तथा बाबाहरुको उपस्थितमा कमी आएको विकास समितिको भनाई छ ।

शिव रात्रीको अवसरमा आउने साधुसन्त तथा बावाहरु लाई शिवरात्रीको भोली पल्ट दक्षिण दिएर विदाई गरिने चलन छ । समितिको वार्षिक कार्यक्रम अनुसार आज भक्तजनहरुको मन्दिर भित्र गई पूजाअर्चना गर्न पाउने भएकाले पनि भक्तजनहरुको भीड लागेको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार