झुपडीमा हुर्की हाइस्कुल पढी एमबीबीएसमा १ नम्बरमा नाम निकाल्ने यी हुन् १७ वर्षीया प्रतिमा

काठमाडौं- बांकेको खजुरा गाउँपालिका ४ डि गाउँ की १७ वर्षीया प्रतिमा शर्माले गाउँको नै इज्जत राखेको भन्दै पुरै गाउँले नै खुसी भएका छन् । यि १७ वर्षीया युवती पुरै गाउँकै छोरी भएकी छन् ।तपाईले देख्नुभयो यो प्रतिमा जन्मिएको झुपडी हो ।

आमा सिताले मासिक ६ हजार रुपैया कमाई हुने मजदुरीको काम गरेर छोरीलाई डाक्टर बनाउने सपना देखिन् । बुवा यहि झुपडीको पिडिमा बसेर छोरीले डाक्टर बनेर यस्तै झुपडीमा बस्नेहरुको सेवा गरोस् भन्ने चाहना राखे । आज भने बुवा आमाले देखेको त्यो सपना पुरा गर्ने बाटो पहिल्याएकोमा प्रतिमाले निकै गर्व गरेकी छन् ।

प्रतिमाले एमविविएसमा नाम निकालेको थाहा पाउनासाथ सो वडाका अध्यक्ष तिलकविर सुनार सहितको टोलिले आफ्नो गाउँमा राम्रो चिकित्सक बनाउने अठोट सहित प्रतिमालाई सहयोग गर्ने प्रतिज्ञा गरे । अहिले उनी तिलक लगायत त्यस्तै सहयोगी हातहरुको भरोसामा एमविविएसको तयारी गरेकी छन् ।

सबैको आशिर्वाद र भरोसा लिएर काठमाडौं आएकी प्रतिमा अब डाक्टर बनेर सोही गाउँको सेवा गर्न चाहन्छिन् । आर्थिक विपन्नताका बावजुद पनि आमा बुवाले देखाएको साहस प्रति उनी नतमस्तक छन् । साथै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेकी छन् ।

बाँकेको खजुरा ४ डि गाउँ की प्रतिमा शर्माले नेपाल सरकार को विपन्न आरक्षण कोटामा एमविविए पढ्न नाम निकाल्न सफल भए पछि उनको डाक्टर बन्ने सपना पुरा हुने भएको छ । तर त्यसको लागि भने ठूलो धनराशी चाहिने छ । त्यसैले उनले आगामी दिनमा पनि सबैसंग आर्थिक सहयोगको अपेक्षा गर्दै लाइट नेपाल मार्फत अपिल गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार