नेपालगन्जमा गर्मी बढ्यो

नेपालगन्ज : बाँके जिल्लामा गत वर्षभन्दा छिटो गर्मी बढेको छ । यो वर्ष अधिकतम् तापक्रम झन्डै ३४ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम १९.५ डिग्रीसेल्सियससम्म पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको राँझास्थित जल तथा मौसम विज्ञान फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार बिहीबार यो वर्षकै सर्वाधिक तापक्रम मापन ३३.८ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसको अघिल्लो दिन पनि ३३.२ डिग्री सेल्सियस रहेको थियो । 

कार्यालयको नेपालगन्जको सिँचाइ डिभिजन कार्यालयमा रहेको हावापानी केन्द्रमा बिहीबार न्यूनतम् तापक्रम १९.५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

‘सन् २०२० को मार्च महिनामा सर्वाधिक तापक्रम मार्चको २५ र २६ तारिखमा ३२.७ डिग्री सेल्सियस मापन भएको थियो ।

अघिल्लो वर्षभन्दा झन्डै २ हप्ता अघि नै तापक्रम बढेको छ’, उनले प्रष्ट पारे, ‘गत वर्ष जनवरी र फेब्रुअरीमा राम्रो वर्षा भएको थियो । यो वर्ष वर्षा नभएकाले पनि जमिन तातिएर तापक्रम बढी भएको हुनसक्छ ।’ सन् २०२१ मा २ मिलिमिटर मात्र वर्षा भएको छ । 

जबकी गत वर्ष ९९ मिलिमिटर वर्षा भएको थियो । त्यो वर्षको ७ मार्चमा मात्र २१.८८ मिलिमिटर वर्षा भएको थियो ।

त्यसपछि पनि मार्चको २८ तारिखसम्म ४ दिन कम्तीमा २ मिलिमिटरदेखि बढीमा १३.५ मिलिमिटर वर्षा भएको थियो । बढी गर्मीका कारण चिसो पेय पदार्थको सेवन गर्नेहरु बढेका छन् ।(आजको आन्नपूर्ण पोस्ट दैनिकमा खबर छ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार