१४ बर्षपछि फिल्म क्षेत्रले सम्झदा अभिनेत्री विपना थापाले आँखाभरी आँशु पारिन्

काठमाडौं, १ चैत । अभिनेत्री विपना थापा एक दशक भन्दा बढि समयदेखि लचित्र क्षेत्रबाट टाढा छिन् ।अभिनेत्री थापा शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उपस्थित भइन् । केहि समय अगाडि नेपाली चलचित्र क्षेत्रमा उनको क्रेज उचाइमा थियो । हाल उनी भारतमा परिवारसँग बस्दै आएकी छन् ।

१४ बर्षपछि नेपाली चलचित्रको कार्यक्रममा सहभागी हुन पाउँदा विपनाले आँखा भरी आँशु पारिन् । उनले आफूलाई १४ बर्षपछि चलचित्र क्षेत्रले संझिएको खुसी व्यक्ति आँशुबाट गरिन् ।

आफूू नेपालमा नभएर पनि आजसम्म चलचित्र क्षेत्रको कुनै पनि कार्यक्रममा कसैले नबोलाएको उनी बताउँछिन् । उनले १११ वटा चलचित्रमा काम गरेकी थिइन् ।अभिनेत्री थापाले चाँडै नै चलचित्र क्षेत्रमा फर्किने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार