रवि ओडको जन्मदिनमा ‘टुटी सक्यो मुटु’ (भिडियो)

गायक रवि ओडले गाएको नयाँ गीत ‘टुटी सक्यो मुटु’ गीतको भिडियो सार्वजनिक भएको छ । भिम विसीको संगीत रहेको गीतका शब्द रवि आफैंले लेखेका छन् ।

रवि ओड अफिसियल युटुव च्यानलबाट अपलोड गरिएको भिडियोमा प्रिन्स विश्वकर्मा र अञ्जली बराइली फिचर्ड छन् । दशरथ सुनारले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

नेपाल आइडल सिजन २ का विजेत रवि ओडले चैत १ गते जन्मदिनको अवसर पारेर द लस्ट इयर एल्वम विमोचन गरेका हुन् ।

सोमबार प्रेसमिट गर्दै रविले टुटी सक्यो मुटु गीत सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि महानायक राजेश हमाल थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार