सगरमाथा आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १६ जना नेपाल आए

काठमाडौं, २ चैत । बहराइनका राजपरिवार सदस्यसहित १६ जना सगरमाथा आरोहणका लागि नेपाल आएका छन् । सोमबार बहराइनबाट उक्त टोली त्यहाँको डिफेन्स फोर्स सैन्य जहाज चढेर नेपाल आएको हो ।

उक्त टोलीमा ३ बेलायती नागरिक पनि रहेको बताइएको छ । त्यस्तै टालीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना र बाँकी बहराइजनकै रहेका छन् । यो टोलीले यसअघि लुबुचे र मनास्लु हिमाल चढेको थियो । उक्टा टोली अब झण्डै ३ महिना बस्ने बताइएको छ ।
टोलीमा रहेका सबैले यसअघि नै नेपालमै कोरोना भाइरसबिरुद्धको भ्याक्सिन लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार