आफू हिँड्न नसके पनि अरूलाई गन्तव्यमा पुर्‍याइदिन पाउँदा खुसी लाग्छ’ (भिडिओ)

वेगबहादुर तामाङ आफ्ना खुट्टाको भरमा दौडिन सक्दैनन्। दुइटा बैसाखी टेकेर हिँडडुल गर्ने भए पनि उनको वेग थामिएको छैन। स्कुटरमा सरर आफू मात्र होइन, अरूलाई समेत हुइँक्याउँछन् उनी। 

वेगबहादुर पठाओ चालक हुन्। उनको स्कुटर अरूको जस्तो दुइटा पांग्रा भएको होइन, चार पांग्राको छ। जावलाखेल बस्ने उनी दैनिक यही स्कुटरमा पठाओमार्फत यात्रुलाई गन्तव्यसम्म पुर्‍याउँछन्।

‘हामीजस्ता चार पांग्रे स्कुटर चलाउन सक्नेका लागि पठाओ ठीक लाग्छ। कसैको भर पर्नु पर्दैन। कसैसँग हात जोड्नु पनि परेन। आफ्नो यात्रा सहज हुनु त छँदैछ, कमाइ पनि हुने,’ २३ वर्षीय उनले भने, ‘आफू हिँड्न नसके पनि अरूलाई गन्तव्यसम्म पुर्‍याइदिन पाउँदा खुसी लाग्छ।’

तर चारपांग्रे स्कुटरलाई यात्रु पाउन अरूलाई जस्तो सहज छैन। चारपांग्रे स्कुटर लिएर आएका चालक देख्नासाथ धेरैलाई अनौठो लाग्ने उनी बताउँछन्।

‘चार पांग्रे स्कुटर देख्नासाथ धेरैको सोच नकारात्मक भइदिने रहेछ,’ उनले आफ्नो बैसाखी कुर्सीको छेउमा राख्दै भने, ‘पठाओमा पहिलो दिनको काममै मेरो शारीरिक अशक्तता देखेर पहिलो ग्राहकले नै राइड क्यान्सिल गर्नुभएको थियो।’ 

पठाओमा आवद्ध हुँदा कार्यालयले उनलाई हेलमेट र खादा लगाएर स्वागत गरेको थियो। यसले उनलाई काम गर्ने ऊर्जा थप्यो। तर यात्रुको दृष्टिकोण देखेर उनलाई पहिलो दिनै काम छोड्न मन लागेको बताउँछन्। 

‘खासमा काम गर्ने वातावरण नै थिएन,’ विगत सम्झिँदै उनले भने, ‘हामीलाई सधैं अर्काको भर पर्ने भनेर सोचिन्छ, अनि हाम्रो भर पनि कहिल्यै गरिन्नँ। तर मैले हार मानिनँ। पठाओका अरू दाइहरूले पनि केही हुँदैन, हरेस नखाऊ भनेर सम्झाउनुभयो। गाह्रो थियो तर हिम्मत हारिनँ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार