१० दिनपछि कर्णालीमा भेटियो श’व

कैलाली– आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको श,व १० दिनपछि कर्णाली नदी कि,नारमा भेटिएको छ ।

गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हा,मफा,लेका थिए । रजनीको श,व मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो ।

बालिकाको श,व डो,रीले बाँ,धिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा श,व भेटिएको र आफन्तले श,वको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिए ।

३५ वर्षीय आमा सुकु, १४, ११ र पाँच वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हा,मफा,लेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको श,व फागुन २५ गते भेटिएको थियो । चारै जनाको दा,हसं,स्कार भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार