एकै व्यक्तिका तीन वटा नागरिकत

काठमाण्डाै – झुट्टा विवरण पेस गरेर आफ्नै तीन वटा नागरिकता बनाउने एक व्यक्तिलाई प्रहरीले काठमाण्डौको सुकेधाराबाट पक्राउ गरेको छ । 

बाग्लुङको गल्कोट नगरपालिका वडा नम्बर २ घर भएका कमल सुनारले बाग्लुङबाट कमल सुनार र कमल थापाको नाममा तथा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट कमल सुनुवारको नाममा नागरिकता लिएको पाइएकाले पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले जनाएको छ ।

कमल सुनारले फरक नामबाट लिएका तीन वटा नागरिकता दुरुपयोग गरेर विभिन्न निकायबाट सेवा सुविधा लिएको पनि सीआईबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार