एउटै कोठामा बस्थे गौरी र विपना, १४ वर्ष पछि भेटिँदा त्यती बेलाको किस्सा सुनाएर सबैलाई यसरी हँसाए (भिडियो हेर्नुस्)

काठमाडौ । विपना थापा कुनै जमानाकी निकै चर्चित नायीका हुन् । अहिले भारतमा बस्ने विपना नेपाली चलचित्रको निकै चर्चित नायिका हुन् । नेपालमा गरिएको एक औपचारीक कार्यक्रममा सहभागीताका लागि आएकी विपनाले आफ्ना पुराना नायीका साथीहरुसंग निकै रमाइलो गरेकी छन् । विपनाको सबैभन्दा मिल्ने साथीहरुमा एक हुन् नेपालकै कुनै जमानाकी अर्की चर्चित नायीका गौरी मल्ल ।

गौरीले विपनालाई तँ भनेर सम्बोधन गर्ने गरेकी छन् । फिल्म छायाँकन नभएको बेलामा उनीहरु निकै रमाइलो गर्ने गरेको बताए । विपनासंग अभिनय बाहेक अरु धेरै शिप भएको पनि गौरीले बताइन् । उनले नेल आर्ट गर्ने, मेकअप गर्ने लगायतका फिल्म क्षेत्रलाई चाहिने धेरै शिप उनीसंग थियो ।

उनीहरु एउटै कोठामा बस्ने गरेको पनि बताएका छन् । विपनासंग सबै ब्यक्तिको सूचना हुने भएकाले त्यतीबेला उनलाई आजतक भनेर सबै कलाकारहरुले जिस्क्याउने गरेका थिए । उनले आफुसंग पत्रकारहरुको निकै राम्रो सम्बन्ध रहेका कारण सबै सूचना आफुले पाउने गरेका बताएकी छन् । उनले त्यतीबेला पत्रकार र कलाकारको निकै राम्रो सम्बन्ध रहेको बताइन् । पारिवारिक सम्बन्ध रहेको बताइन् ।

विपना थापा एक समयकी सफल र चर्चित अभिनेत्री हुन् । विपनाले एक सय एघार वटा फिल्ममा अभिनय गरेकी छिन् । छोटो समयमा धेरै फिल्म खेल्न सफल माईली हिरोइन फिल्मकर्मी र पत्रकारकी प्रिय थिइन् ।

तर, विपना लामो समयदेखि नेपाली फिल्म क्षेत्रबाट पर छिन् । बिहे गरेर भारतको मथुरा राज्यमा बस्दै आइरहेकी विपना ठुलो पर्दामा नदेखिएको धेरै भैसक्यो । उनै विपना १४ वर्षपछि दशौं नेफ्टा अवार्डमा सहभागी भइन् ।

नेफ्टामा सहभागी हुँदा विपना निकै भावविव्हल भइन् । लामो समयसम्म आफुलाई फिल्म क्षेत्रमा नसम्झिएको गुनासो गर्दै उनी रोइन् पनि । १४ वर्षपछि अवार्डमा सम्झिएकोमा विपिनाले चलचित्र प्राविधिकलाई धन्यवाद दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार