नेपालमै ग्यासको मूल्य आठ हजार पुग्यो

काठमाडाैं, ६ चैत । सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता बाध्य छन् ।

जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा ग्यास सिलिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।

यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर १४ हजार थिया । करिब ४० प्रतिशत मूल्य घटेपछि ग्यास प्रयोग गर्न थालिएको उनले बताए । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार