भाईरल चेली लक्ष्मी खड्का र भाग्य न्यौपानेको पहिलो गीत (हेर्नुहोला भिडियो)

भाग्य न्यौपाने अहिले यो व्यक्तिगत नाम भन्दा पनि संस्थागत नाम नै भैसकेको छ ।उहालाई नचिन्ने नदेख्ने नबुझ्ने सायदै कोहि होलान् ।

एकदमै सहनसिल,मिजासिला ,मेधावि स्वभावका अनि नयानया प्रतिभा तपाईं हाम्रो समक्ष सबैभन्दा पहिले सार्वजनिक गर्ने एक विशिष्ट पत्रकार एवम् समाजसेविको रुपमा स्थापित नाम हो भाग्य न्यौपाने।

गायक शक्ति गोदार र गायिका लक्ष्मि खड्का जस्ले स्वर दिएको मिउजिक भिडियोमा भाग्य न्यौपानेले मुख्य अतिथि कलाकारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

नाच्न भने त्यति नचाहाने भाग्य न्यौपाने आफुले जसोतसो नाचेको जिकिर गरेका थिए।अनुभवले नै मान्छेलाई सिकाउने समेत भाग्य न्यौपानेको भनाइ थियो ।

लक्ष्मि खड्काको भने यो दोस्रो गीति कोशेलि हो। भाग्य न्यौपाने तिनै व्यक्ति हुन् जस्ले लक्ष्मि खड्कालाई पहिलोपटक तात्तातो खबर लिएर आएका थिए ।

अहिले उनै बहिनिको गित उपर आफुले काम गर्न पाउनु सौभाग्य एवम् एकदमै खुसि साथै गर्व लागेको समेत भाग्यले बताएका थिए ।शक्ति जो गायक हुन् उनी पनि भाग्य न्यौपानेको पुरानो साथि भएको समेत भाग्यले खुलाए ।

आज त्यहि मिउजिक भिडियो सार्वजनिक भएको छ `ढुङ्गो तालमा खस्यो´ नामक उक्त गितले अहिले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ ।प्रस्तुत छ सोही म्युजिक भिडियो सामाग्री :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार