झलनाथ खनालको मिर्गौलामा फेल

काठमाडौँ – एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल को स्वास्थमा समस्या आएको छ । श्रोतका अनुसार उनको मृगौलामा समस्या आएको बुझिएको छ ।

केहि महिना पहिले उनको स्वास्थ्यमा आएपछि उनि अस्पतालमा भर्ना भएका थिए । खनालको केहि समय अगाडी रक्तचाप बढेका कारण अस्पतालमा भर्ना भएका थिए ।
पछि उनको स्वास्थ्य जटिल बन्दै गएपछि भारतमा चेकअपका लागि गएका थिए ।

अहिले नेपाल प्रेसका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले बतायो ।

स्वास्थ्यमा परिक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

२ महिना अघि उनी आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए ।

के कारणले हुन्छ मृगौलाको समस्या

मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ ।

जब मृगौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक प दार्थ, तरल प दार्थ आदि बाहिर निस्कन पाउँदैन ।

मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म मृगौलालाई स्वस्थ्य राख्न प्रयास गर्नुपर्छ । अतः यहाँ मृगौला खराब हुँदा देखिने सुरुवाती लक्षणहरु दिइएको छ ।

जब मृगौलामा अत्याधिक दबाब वा तनाव हुन्छ, यस्तो परिस्थितीमा मृगौलामा समस्या हुन्छ ।

१. उच्च रक्तचापले मृगौलालाई असर गर्न सक्छ । किनभने उच्च रक्तचापमा हाम्रो रक्त धमनीमा अत्याधिक दबाव पर्छ । यसले हृदय रोग निम्त्याउन सक्छ ।

२. यदि मधुमेहका रोगीले मधुमेहमा नियन्त्रण गर्न सकेन भने शरीरमा अत्याधिक ग्लुकोजको निर्माण हुन्छ । यहि ग्लुकोज जम्मा हुँदा मृगौला हुने स-साना फिल्टरमा समस्या हुन्छ । त्यही कारण मृगौलाले शरीरको विषाक्त प’दार्थ बाहिर निकाल्न सक्दैन । फलत, मृगौला खराब हुनसक्छ ।

३. जब हाम्रो शरीरमा अचानक रक्तप्रवाह रोकिन्छ, त्यस्तो अवस्थामा पनि मृगौलाले काम गर्न छाड्छ ।

४. जब हाम्रो शरीरले मुत्र त्याग गर्न असमर्थ हुन्छ, यस्तो परिस्थितीमा पनि हाम्रो शरीरमा विषाक्त पदार्थ निर्माण हुन थाल्छ । यहि कारण मृगौलामा अतिरित्त भार पर्छ ।

५. मृगौलाको आसपास रगत जमेको छ भने पनि मृगौलाको कार्यप्रणालीमा नराम्रो असर पर्छ ।

६. शरीरमा कुनैपनि प्रकारका संक्रमण भयो भने पनि मृगौलालाई असर गर्छ ।

७. विभिन्न प्रकारका ए’न्टिबा’योटि’क्स गो ली लिँदा मृगौलामा हानी पुग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार