काठमाडौं । युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले नेपाली गीत गाएकी छिन् । उनले राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ गाएकी छिन् ।
गीतको भिडियोमा उनी आफै देखिएकी छन् । भिडियो पनि वियान्सेले नै निर्माण गरेकी हुन् । कभर भए पनि गीत स्टुडियोभित्रै रेकर्ड गरिएको छ । ओर्जिनल ट्रयाकमा गीत गाइएको छ ।
यो गीतका सर्जक राजनराज शिवाकोटीले भने आफूहरुसँग अनुमति नलिइ गाइएको भए पनि उनले गीत गाँउदा खुशी लागेको बताएका छन् ।
“अनुमति लिएर गाएको भए हुने थियो । तर, कसरी को सँग अनुमति लिएर गाइएको हो थाहा छैन,” राजनराज भन्छन्, “तर विदेशीले नेपाली गीत गाउँदा खुसी लागेको छ ।”
वियोन्सेले नेपाली गीत गाएपछि कृष्ण श्रेष्ठले पनि उनको मुक्त कण्ठले प्रश्रसा गरेका छन् । उनले भनेका छन् कति राम्रो, कति मिठो, राम्री पनि कति ।
सुहाएको पनि उस्तै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन ।” यो गीतमा लिजेन्ड भर्सन मदन कृष्णले गाएका छन् ।