आशै सकिएको छोरो छुटेर इलाम पुग्दा रोकिएनन् बृद्धा आमाको आँखामा आशु (भिडियो हेर्नुहोस्)

इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना दीपक जन्मघर आइपुग्दा परिवारमा खुसी छाएको छ । बिना सुनुवाइ ४० वर्षसम्म जेलमा कैदी जीवन बिताएका उनी आइतबार पारिवारिक मिलन हुँदा सबैमा खुसी छाएको हो ।

भारतक कलकत्ताको दमदम सेन्ट्रल करेक्सनल होम’ मा जेलको कष्टकर बसाइबाट छुटकारा पाएका आफ्नी आमासँग भेटघाट गरे तर बोल्न सकेनन् अनि मौन नै बसिरहे ।

‘आउनुहुन्छ भन्ने लागेको थियो यत्तिका वर्षपछि भेट्न पाउँदा कत्ति हो कत्ति खुसी लागेको छ । त्यो खुसी व्यक्त नै गर्न सक्दैनौँ ।’ भतिजा गोपाल तिम्सिना भन्छन् ।

छोरोसँगको भेटपछि आमा धेरै भावुक भइन् । उनका हर्षका आँशु थामिएनन् । खुसी हुँदै आमाले भनिन्, ‘यसको ज्यानमा फोक्से मासु लागेछ ।’ आमा बोलि रहीन् तर दुर्गाप्रसाद भने केही बोलेनन् । नबोलेपछि ‘बोल्दैन बिरामी पो छ कि के हो?’ थप प्रश्न गर्दै उनले छोरोप्रति जिज्ञासा राखिन् ।

आमा धनमायालाई जेल भनेको सजाय दिने ठाउँ हो भन्नेसम्म थाहा छैन । छोरो जेल भन्ने ठाउँमा काम गर्दै कमाइरहेको छ भन्ने लागेको छ उनलाई । कमाउन जान्छु भनेर हिँडेको छोरो बल्ल फर्किएको छ । समाचार, तस्वीर र भिडियो श्रोत- गोरखापत्र अनलाईन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार