दाङमा स्कुल बस दुर्घटना : दुई विद्यार्थीको मृत्यु

दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान पब्लिक ज्ञान ज्योति माविको बस दुर्घटना हुँदा अस्मिता डागी र किरण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए। 

अस्मिताको घटनास्थलमा र किरणको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएकोउनले बताए। 

तुलसीपुर उपमहानगरपालिका- १५ कोठरीमा प्लस टूका विद्यार्थी ल्याएर बजारतर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो। दूर्घटनामा १५ जना जना घाइते भएका छन्। घटनाका घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार