जब आ’गला’गीले सखाप बनायो एक हजार घर

काठमाण्डाै – बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आ’गला’गी हुँदा एक हजारभन्दा धेरै घर जले’र नष्ट भएका छन् ।

बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आ’गला’गी भएको हो । आ’गो नि’यन्त्रणका लागि अ’ग्नि नि’यन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् ।

यो शि’विरमा घरहरु बाँस र काठले बनेका थिए । यो शि’विरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आ’गला’गी भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले बताएका छन्। यो वर्षको जनवरीमा पनि आ’गला”गीका कारण हजारौँ व्यक्तिहरु घरबारविहीन भएका थिए ।

तीन वर्ष पहिले म्यानमारमा हिंसाका कारण रोहिङ्ग्या मुसलमानहरू आफ्नो ज्यान बचाउन बंगलादेशमा शरण लिएर बसिरहेका छन् । पछिल्लो समय बंगलादेशको सरकारले केही रोहिङ्ग्या शरणार्थीलाई एउटा टापुमा शिविरहरु बनाएर बसोबासको व्यवस्थासमेत गर्दै आएको छ ।

नयाँ शिविर कक्स बजारभन्दा सुरक्षित रहेको र बस्ने व्यवस्था राम्रो भएको बंगलादेशका सरकारी अधिकारीहरुले दाबी गरेका छन् । कक्स बजारमा रहेको यो शरणार्थी शिविरमा ११ लाखभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार