घरवाट श्रीमतीका सबै लुगा झिकेर जलाए श्रीमानले, भित्री वस्त्रमा यस्ता प्रमाण छन् भन्दै देखाए (भिडियो हेर्नुस्)

काठमाडौ । श्रीमान् श्रीमति मिलेर घर बेचे । नयाँ घर बनाउने भन्दै पुरानो घर १ करोड २ लाखमा बेचियो । अहिले श्रीमति र श्रीमान् बिच खट(पट भएको छ । घर बेचेको पैसा लिएर श्रीमती हिँडेपछि श्रीमान वेचौन भएका छन् । उनीहरुका छोरा अध्ययनका लागि अष्ट्रेलियामा छन् । विवाह गरेको २२ वर्ष पछि उनको श्रीमती डिभोर्स चाहन्छिन् ।

विवाह गरेको २२ वर्ष सम्म पनि श्रीमतीले किन थापा लेखिन् ? रहस्य त यस्तो पो रैछ उनका श्रीमान भन्छन्, कुँवरसंग विवाह गरेर पनि श्रीमतीले थापा लेख्दै आएकी रैछ । श्रीमती किन त्यसरी घरवाट गइन् भन्ने कुरा भने आफुले थाहा नपाएको बताए । १०४ वर्षको बृद्ध वुवा र ९० वर्ष भन्दा बढी भएकी आमालाई छोडेर श्रीमती हिडेपछि यिनी निकै बेचैन भएका हुन् ।

अहिले उनले घरमा भएका श्रीमतीका सबै लुगा निकालेर जलाएका छन् । जहिले पनि माइतीको सम्पत्ती भनेर त ना व दिने गरेको बताउँछन् । मैले दुख गरेर कमाएको सम्पत्तीलाई मेरो माइतीको सम्पत्ती भनेर दावी गरेको उनको भनाई छ । श्रीमतीको माइतीको सम्पत्ती खान पर्यो भने म यहि बाग्मतीको गुहुँ खान्छु, उनले भने ।

श्रीमति रकम सहित सम्पर्क बिहिन भएको भन्दै श्रीमान् रुँदै मिडियामा आएका छन् । प्रस्तुत भिडियोमा श्रीमतिको तर्फका कुरा भने समेटिएका छैनन् । श्रीमति के कति कारणले सम्पर्क बिहिन भएकी हुन् भन्ने यो भिडियोमा भने प्रष्ट छैन ।

गोकर्णेश्वर नगरपालिका (जोरपाटी) का नारायण कुमार कुँवर उक्त गुनासो गर्दै मिडियामा आएका हुन् । उनकी श्रीमति शान्ति थापा रकमसहित गएको र सम्पर्कमा आउन नचाहेको नारायणको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार