लभ गरेर विवाह गरेको ४ दिनमै श्रीमान-श्रीमतीबीच के भयो यस्तो ? श्रीमानले उठाए अनौठो कदम (भिडियो हेर्नुस्)

काठमाडौ । घरमा बुहारी ल्याउन पाएपछि सासु ससुरा निकै खुसी थिए । तर छोराको विवाह गरेको चार दिन नहुँदै उनको जिवनमा नसोचेको घटना भयो ।

हेटौंडाका रामकुमार घिमिरे विवाह भएको चार दिन पछि नै बुहारीसंग बोलचाल बन्द भएको बुवा कृष्णबहादुर घिमिरेले थाहा पाएका थिए । तर अचानक छोरा घर छोडेर हिँडे । २३ वर्षका छोरा २०६९ साल असार ११ गते घ छोडेर हिडेका छोरा अहिले सम्म फर्केका छैनन् ।

छोराले मन पराएर बुहारी ल्याएका थिए । छोराले आफुखुसी बुहारी ल्याएको भएपनि सासु ससुरा पनि निकै खुसी थिए । छोराले बुहारी ल्याएको थियो, पाँच दिन पछि छोरा घरवाट हिड्यो । सुरुमा त काममा गयो होला भन्ने लाग्यो ।

भोलीपल्ट पनि नफर्किएपछि खोजी थालियो । तर केही खबर नआएपछि हेराउन गएँ । हेराउन जाँदा एक साता भित्रैमा खबर आउँछ भनेका थिए । तर छोराको केही खबर आएन ।

उनले यसरी विभिन्न ठाउँमा छोराको बारेमा सोधखोज गर्दै ज्योतिषकहाँ गए । कसैले बोलबममा गएको छ भने, कसैले देउघाट पठाए । कसैले मनकामना पठाए त्यहाँ गएर पुजा गरे तर छोरा अझै फर्केर आएनन् । अहिले उनी मिडियामा आएका छन् ।

युट्युवमा यसरी नै हराएका ब्यक्तिको बारेमा भिडियो आएपछि फेला परेका घटना थाहा पाएपछि आफु छोराको बारेमा जानकारी पाइन्छ की भनेर हेटौंडावाट चितवन पुगेको बताएका छन् ।

बुढेसकालमा छोरा हराएपछि उनले आफ्नो सम्पत्ती जिम्मा लगाइदिने मान्छे पनि पाएका छैनन् । छोरा आइदिए सबै जिम्मा दिएर बस्थेँ उनले भने, ८ वर्ष भयो छोरा खोज्दा खोज्दै थाकिसकेँ । मन्दिर र देवी देवता सबैको ढोकामा पुगेँ तर कसैले मेरो गुहार सुनेन । उनले भने, छोरा बुहारी विवाद गरेको पनि थाहा पाइन् । धेरै समय सम्म बुहारी घरमै बसेकी थिइन् । खाली फोनमा बुहारी भुल्न थालिन् अनि माइत लगेर छोडिदिएँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार