‘कती सुन्दर कती सिम्पल’ सारिका

पोखरा- सारिका केसि लोकदोहोरीकी चर्चित मोडेल हुन उनले अभिनय गरेका धेरै गीतहरु दर्शकको मनमुटुमा बस्न सफल छन। खास गरेर लोकदोहोरीका मार्मिक गितहरुमा अब्बल अभिनय गरेर दर्शकहरुको मन जित्न सफल छन सारिका ।

बाग्लुङमा जन्मिएकी सारीका सानै देखि हिरोईन बन्छु भन्ने हुटहुटीले टिभि हेर्दै अभिनय गर्ने गर्थिन् । मोडलिङमा लागेकी सारिका केसी अहिलेसम्म सयाैँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

सारिका भन्छिन् -‘म राम्रो ब्यानरको पर्खाइमा छु । ब्यानर राम्रो नभइ कोही पनि अगाडि बढ्न सक्छ जस्तो लाग्दैन ।’

सुरुवाती दिनहरुमा १/२ वटा भिडियोमा अभियन गर्न पाएपनि हुन्थ्यो जस्तो लाग्ने गरेको बताउने सारिका अहिले सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

आफूले सबैसँग राम्रो व्यवहार गर्ने भएकाले पनि यो क्षेत्रमा लामो समयसम्म टिक्छु भन्ने उनले वुझाइ छ । आफूलाई मनपर्ने कथावस्तु पाएको खण्डमा चलचित्रमा आधुनिक यूवती बनेर खेल्न मन लागेको बताउने सारिका भन्छिन् -‘म राम्रो ब्यानरको पर्खाइमा छु । ब्यानर राम्रो नभइ कोही पनि अगाडि बढ्न सक्छ जस्तो लाग्दैन ।’

उनी सामाजकि संजालमा पनि निकै सक्रिय छन । समाजिक संजालमा बिभिन्न ठाँउमा पुगरे शुटिङका क्रममा लिइएका निकै सुन्दर तस्बिर शेयर गरेकी हुन्छिन् । फ्यानहरूले उनको सुन्दरता र फिगरको निकै प्रशंसा गरिरहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार