पुर्व मन्त्रि जोसीको अन्तिम बिदाई : श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु, अस्पताल देखि घर सम्म

काठमाडौं । शुक्रबार साँझ निधन भएका कांग्रेस नेता नवीन्द्रराज जोशीलाई लोकप्रिय र निष्ठावान नेताका रुपमा स्मरण गरिएको छ । २०७३ साल भदौं १० गते उद्योगमन्त्रीको रुपमा पद बहाली गरेपछि छोटो समयमा उल्लेखनीय उपलब्धीहरु हाँसिल गरेपछि उनी निकै लोकप्रिय बनेका थिए । मन्त्री छँदा नीतिगत तथा कानूनी सुधारसँगै संरचनागत तथा प्रक्रियागत क्षेत्रतर्फ उल्लेख्य कार्य गरेर उनले धेरैको ध्यान तानेका थिए ।

बाबु गजेन्द्रराज र आमा गीता जोशीबाट काठमाडौंको लाजिम्पाटमा जन्मिएका जोशी ०३६ सालको राजनीतिक आन्दोलनबाट सक्रिय राजनीतिमा आएका थिए । ३१ बर्षको उमेरमै काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएका जोशी नेविसंघको काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री समेत निर्वाचित भएका थिए । उनी उपमेयरमा हुँदा मेयरमा पीएल सिंह निर्वाचित भएका थिए ।

उपमेयर छँदा काठमाडौंमा खानेपानी ब्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेका उनी पछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री भएर प्रशस्त उपलब्धीहरु हाँसिल गरेका थिए । विभिन्न रुग्ण उद्योगहरुलाई पुर्नजीवन दिएका जोशीले नेपालऔषधी लिमिटेड र उदयपुर सिमेन्ट कारखानालाई पुर्नजीवन दिंदा भने निकै चर्चा पाएका थिए ।

पहिलो र दोस्रो संविधानसभामा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका जोशी लौहपुरुष गणेशमान सिंहको आदर्शबाट प्रभावित थिए । नैतिकता र इमान्दारिताको राजनीति गर्न रुचाउने जोशी ‘लो प्रोफाइल’ रहँदा पनि प्रशस्त कामहरु गर्न सकिन्छ भन्नेमा विश्वस्त थिए ।

उद्योमन्त्री रहँदा प्रेस सल्लाहकार रहेका प्रदीप चापागाईंका अनुसार बिशेष आर्थिक क्षेत्र (सेज) ऐन ,२०७३ तथा औद्योगिक व्यवसाय ऐन,२०७३ जारी हुनु नीतिगत तथा कानूनी उपलब्धीको रुपमा लिइएको बताउँछन् । नयाँ नयाँ उद्योग स्थापना गर्न र बन्द भएका उद्योगलाई गति दिने सवालमा जोशीले सकरात्मक कदम चालेको चापागाई सम्झन्छन् । उद्योग मन्त्री छँदा भएका मूलभूत नीतिगत, कानूनी तथा संस्थागत र संरचनागत सुधारका कार्यक्रमहरु तल उल्लेखित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार