होलीमा ग्या’ङ फा’इट : मृ’तकको श’व परीक्षण हुँदै, प्रहरी टोली घ’टनास्थलमा

बलेवा, १६ चैत । होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झ डपपछि दुई युवाको मृ त्युका विषयमा अ नुसन्धान गर्न प्रहरी प्रमुखको टोली घ टनास्थलतर्फ लागेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घ टनाका विषयमा अ नुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घ टनास्थलतर्फ लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घ टना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो ।

आइतबार दिउँसो दुई समूहबीच झ डप हुँदा दुई जनाको मृ त्यु भएको थियो । हिजो राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घ टनास्थल पुगेको थियो ।

झ डपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृ त्यु भएको छ ।

मृ तकको श व परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताउनुभयो ।

उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा श व भेटिएको थियो । अन्य केही भएको भन्दै बे पत्ताको खोजी भइरहेको छ । मृ तक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार