कति वर्ष पुगे अनमोल?

युवा स्टार अनमोल केसी आज (चैत १७) बाट २७ वर्षमा प्रवेश गरेका छन् । अनमोलले आफ्नो जन्मदिन परिवारसँग केक काटेर सेलिव्रेट गरे ।

पिता भुवन केसी, अभिनेत्री निरुता सिंह र जिया केसीसँग अनमोलले घरमा वर्थ डे मनाएका हुन् । होस्टेल फिल्मबाट अभिनय सुरु गरेका अनमोल केसी अभिनित पछिल्लो फिल्म ए मेरो हजुर ४ को हालसालै छायाँकन सकिएको छ । उनी होम प्रोडक्सनको फिल्म पारस पनि खेल्दैछन् ।

‘गाजलु’, ‘जेरी’, ‘कृ’, ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ जस्ता फिल्ममा अभिनय गरेका अनमोल केसी युवा पुस्तामाझ लोकप्रिय छन् । धेरै फ्यान फलोअर्स भएकाकै कारण अनमोललाई मेघास्टारको ट्याग समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार