‘होलीमा रङ दल्ने बहानामा मेरो स्कर्टभित्र हात हालियो

अभिनेत्री सोफिया हायात हुन् बेलायती गायिका, मोडल । उनी होली पर्वमा रङ दल्ने बहानामा एक पुरुषले आफ्नो स्कर्ट भित्र हात हालेको बताएकी छन् । सोफियाले होली पर्वमा महिलामाथि हुनसक्ने हिं साको विषयमा आफ्नो अनुभव साट्दै यस्तो भएको मिडियामा बताएका छन् ।

सोफियाकाे भन्छिन्, सयौं सेलिब्रिटी उपस्थित भएका होलीको पार्टीमा आफुले भांगसहितको पानीपुरी खाएको शरीर अनियन्त्रित भइरहेका बेला एक व्यक्तिले रङ दल्ने बहानामा स्कर्ट भित्र हात हालेपछि त्यसको प्रतिकार गर्दै थ प्पड हाने,

सोफियाका अनुसार उनलाई एक मिडियाकर्मीले सो स्थानबाट जोगाएका थिए। ‘त्यसपछि संचारमाध्यमसँग आवद्ध एक व्यक्ति मलाई जोगउन आएका थिए, उनी मेरा साथी हुन्। उनले मलाई गाडीसम्म लगेर छाडेका थिए।

उनले पार्टीमा मानिसहरु पाग ल भएको र घर जानु नै उत्तम भएको बताएका थिए’ उनी भन्छिन्। आफूलाई भएजस्तै यौ नहिं सा अरुलाई नहोस् भनेर आफूले आफ्नो अनुभव सुनाएको सोफियाले बताइन् । भारतीय चलचित्रमा काम समेत गरिसकेकी सोफियाले भारतीय चर्चित टिभी कार्यक्रम बिगबोसमा सन् २०१३ मा पनि सहभागी भएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार