बा’ले कु’टेर मा’रे, छोरा ५ ला’खमा ब’यान फेर्न ध’म्कि दिन्छन्

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ विरौटामा बस्दै आएका मेहरमान बिकको छिमेकीको कुटपिटबाट मृ’त्यु भएपछि परिवार नै वि’स्थापित भएको छ । स्थानीय साङतेन्जी शेर्पाको कुटपिटबाट मृ’त्यु भएपछि बिकको परिवार नै विस्थापित भएको हो ।

बारी जोत्ने ट्याक्टरको विषयमा सामान्य वि’वाद हुँदा शेर्पाको निर्घात कुटपिटबाट मुत्रथैली फुटेपछि विकको उपचारको क्रममा मृ’त्यु भएको थियो । विकको मृ’त्युपछि प’क्राउ परेका शेर्पालाई छुटाउन शेर्पाका छोराले मृ’तकका परिवारलाई द’बाब दिएपछि आपूmहरु घर छोडेर हिड्न बाध्य भएको मृ’तककी श्रीमती पम्फादेवि विकले बताइन् ।

अभियुक्तका छोराले ५ लाख रुपैयाँ दिन्छु अ’दालतमा बयान फेर भनेर द’बाव दिएपछि घर छोडेर हिड्न बाध्य भएको मृ’तककी श्रीमतिले गु’नासो गरिन । आपूmहरु घर नै छोडेर हिड्ने तर अ’प’राधीलाई उन्मुक्ति दिन नसकिने मृ’तक विककी श्रीमतिको भनाई छ ।

मृ’तकका परिवार विस्थापित मात्र भएका छैन उनीहरु बेस’हारा समेत भएका छन् । गोकुलगंगा गाउँपालिका–४ बेता’लीमा रहेको ६ आना जग्गा वि’द्युतको हाइटेन्सन लाइन र सडकमा परेपछि भूमिहिन भएका विकको परिवार गोकुलगंगा–३ विरौटामा पूर्णबहादुर कार्कीको जग्गामा घर बनाएर बस्दै आएका थिए ।

महेरमानको मृ’त्युपछि उनका परिवार आफन्तको घरमा आ’श्रय लिएर बसेका छन् । मेहरमानको ह’त्यापछि पी’डकका छोराले आफ्ना बुबालाई छु’टाउन पी’डित परिवारलाई दबाव दिएकै कारण घर छोडेर हिड्न बाध्य भएको गोकुलगंगा गाउँपालिका वडा नं. ४ का सदस्य सिताराम कार्कीले बताए । घर छोडेर हिडेपछि विकको परिवार अहिले घरबार बिहीन भएका छन् ।
राज्यद्धारा नै भूमिहिन बनाइएका विकले आरन चलाएर ८ जनाको परिवार पाल्दै आएका थिए । उनको मृ’त्युपछि परिवार वि’चल्लीमा परेका छन् । घरमुलीको मु’त्युपछि परिवारको अवस्था सडकबासीको जस्तो भएको वडा सदस्य कार्कीको भनाई छ ।

काम गर्न सक्ने जेठो छोरा पनि सवारी दुर्घटनामा गरि मेरुदण्ड भाँचिएपछि काम गर्न सक्दैनन् भने उनका भाइबहिनी नाबालग छन् । सवारी दु’र्घटना परि मेरुदण्ड भाँ’चिएपछि सिधा उभिएर हिड्नै गाह्रो हुने भएकाले काम गर्न सकिने अवस्था नरहेको मृ’तका जेठो छोरा रुद्र विकले बताए । ‘मेरो यो हालत छ, भाइबहीनी सानै छन्, अब हामी के खाएर बाँच्ने, हाम्रो भविष्य नै अनिश्चित भयो ।’ मृ’तकको उपचारमा ५ लाख रुपैयाँ खर्च भएको त्यो पैसा समेत पी’डकले नतिरेको पी’डित परिवारको गु’नासो छ ।(आजको राजधानी दैनिकमा खबर छ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार