श्रीमानको वास्तविकता पर्दाफास भएपछि भाइरल चियावाली रुँ’दै मिडियामा आइन् (भिडियो हेर्नुस्)

चियावालीका नाममा अहिले सामाजिक सञ्जालमा चर्चित रहकी श्रृष्टि तामागंले अब आफ्ना श्रीमानलाई माफी नदिने बताएकी छन् । श्रीमानको बारेमा नयाँ कुरा थाहा भएपछि अब माफी नदिने बताएकी छन् । श्रीमानले इराक लैजाने भनेर गाउँका सोझासाझा मानिसलाई धोका दिएको कुरा थाहा पाएपछि उनले अब माफी नदिने बताएकी छन् ।

श्रृष्टिले भने श्रीमानले आफुलाई ठेक्का पट्टाको काम गर्छु भनेर भनेका कारण आफुले पनि सोही रुपमा वुझेको बताइन् ।श्रीमानले मलाई जे भनेर सुनाए मैले पनि त्यही कुरा विश्वास गरेँ सबैकुरा मलाई थाहा हुने कुरा पनि भएन , पैसा माग्दा साहुले पैसा दिएको छैन भन्थे श्रृष्टिको भनाई छ, मलाई श्रीमानले जे सुनाए मैले अरुलाई पनि त्यही भनेको बताइन् । तर अहिले श्रीमानको बारेमा नकारात्मक कुरा सार्वजनिक भएपछि दुख लागेको बताइन् । उनले निकै अप्ठेरो परेको बेलामा पनि कसैसंग हात नफैलाएर दुख गरेको खाएको सम्झना गदै अहिले पैसाका लागि भाइरल भने नभएको बताएकी छन् ।

लकडाउनको बेलामा श्रीमती श्रृष्टिलाई एक्लै कोठामा छोडेर सम्पर्क विहिन भएका उनका श्रीमानको नाम वुद्धिबहादुर तामागं हुन् । श्रीमानले अलपत्र पारेपछि श्रृष्टि चिया बेचेर आफ्नो र छोरीको पेट पाल्दै आएकी छन् । एकातिर सम्मान पाइरहेकी छु भने अर्को तिर श्रीमानका बारेमा यस्ता कुरा सुन्दैछु उनले भनिन्, सबैले माया गरेको देखेर हिम्मत पनि आएको छ ।

एक जनाले श्रृष्टिको बारेमा तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनी चर्चित भएकी हुन् । श्रृष्टिको श्रीमानले इराक लगिदिन्छु भन्दै गाउँका साझालाई ठग्ने गरेको खुलेको छ । उनले गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर विदेश पठाइदिछु भन्दै पैसा उठाएको प्रमाण फेला परेको हो ।

श्रृष्टिवारे भिडियो सार्वजनिक भएपछि उनका श्रीमानका बारेमा खोजी सुरु भएपछि बुद्धिले समस्यामा पारेकाहरु पनि मिडियामा आएका हुन् । उनीहरुले श्रृष्टिको श्रीमानले पैसा लिएर विदेश पठाइदिन्छु भन्दै ठगेको भन्दै कागज देखाउँदै सार्वजनिक भएका छन् । उनले भाइरल भएपछि फेरी ठूलो समस्या हुने गरेको अनुभव सुनाएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार