चह’राइरहने एउटा घा’उ

जनकपुरधाम श्री’मान्को झैं’झगडा गर्ने बानीबाट दि’क्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै त’लाक मागिन्। मु’द्दा लिएर अ’दा’लत पनि गइन्।

कोरोना महा’मा’रीका कारण लकडाउन भयो र मु’द्दा अघि बढ्न सकेन। तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको श’रीरमा ए’सिड छ्या’पेर भा’गे।

ए’सिडले आरतीको आधा श’रीर ज’ल्यो। एउटा आँखा कामै नलाग्ने भयो। मु’ख, हा’त र घाँ’टीमा ग’हिरो घा’उ लाग्यो। उनलाई अहिले अस’ह्य पी’डा छ।

औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ। तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छा,क टार्नै धौधौ देखिएको छ।

‘त्यस बेला मैले त केही बुझ्नै सकिनँ, सोझै सडकतिर भा”गें’, आरतीले आफ्नो पी’डा रुँदै सुनाइन्, ‘छरछिमेकी र सडकमा भएकाहरूले मेरो ज’लिरहेको लुगा र लु’गासँगै गलिरहेको शरी’रको मा’सु हेरे।

तर, कसैले सहयोग गरेनन्। आफैं एउटा टेम्पो चालकलाई हारगुहार गरेर टेम्पो चढी म जानकी हेल्थकेयर सेन्टर पुगें। तर, त्यहाँ तत्काल उप’चार गर्न मानेनन्। पहिला पुर्जी क’टाएर ल्याऊ भन्यो।

मैले श’रीर ज’लिरहेको पी’डा खप्न सकिरहेकी थिइनँ। तर, हि’म्मत नहारी एक जनासँग मोबाइल मागेर बुवालाई फोन गरें। बुवा त्यहाँ आइपुगेपछि मात्रै मलाई उप’चार कक्षमा लगे।’

उनलाई थप उप’चारका लागि काठमाडौं लगियो। तिलगंगा अस्पतालमा आँखाको शल्यक्रिया गरियो। अन्य उपचार पनि काठमाडौंकै अस्पतालहरूमा भयो।

तीन महिनाभन्दा बढी उपचारपछि जनकपुर फर्किएकी आरतीलाई चिकित्सकले निरन्तर औषधोपचारको आवश्यकता रहेको बताएका छन्। तर, गरिबीले ग्रस्त उनको परिवारले उपचारलाई निरन्तरता दिन सक्ने अवस्था देखिँदैन।

‘उनको उपचार, खानपान र रेखदेखमा लाखौं रुपैयाँ खर्चेर अहिले ऋणमा डुबेको छु’, बुवा सुबोधले भने, ‘अहिले भाडाको घरमा दुई हजार रुपैयाँ छुट्टै तिरेर छोरी र नातिनीलाई राखेको छु। त्यसमाथि खानपिन र औषधि जोड्न साह्रै अ’प्ठ्यारो भएको छ।’

प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आरतीलाई मधेस भवनमा बोलाएर सम्मान गर्‍यो। तर, उनको उपचार वा जीवनयापनका लागि कुनै सहयोग नगरेको सुबोधले बताए।

‘कहीँबाट कुनै सहयोग छैन। जसलाई छोरी दिएँ उनले यस्तो दुर्दशामा पुर्‍याए’, उनले भने, ‘अब यसको र सानो नातिनीको जीवन कसरी चल्छ थाहा छैन।’(पूरा खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार