रामेछापमा बस दुर्घटना : दुई जनाको मृत्यु, २० जना घाइते

रामेछाप ३१ जेठ / रामेछापको दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको बस बिहीबार साँझ दुर्घटना हुँदा घाइते मध्ये दुईजनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ । २० जना घाइते छन् ।

मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन्।दुवैजनाकाे धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते मध्ये ७ जनाको अवस्था गम्भिर छ।

फाईल फोटो

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार काठमाडाैंबाट यात्रु बोकेर लखनपुरको रिठ्ठे जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस लखनपुरको बराको रुख घुम्तीबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा लखनपुरकी स्वास्थ्य स्वयंसेविका कमला गौतम, तीर्थप्रसाद गौतम, गंगा गौतम र गंगाप्रसाद चौलागाई लगायत गम्भिर घाइतेलाई एम्बुलेन्स र अनरिको यातायातकै अर्को बसमार्फत धुलिखेल अस्पतालतर्फ पठाइएको थियो।उक्त बसमा शुक्रबार देखि कालिका मावि लखनपुरमा शुरु हुने दन्तशिविरका लागि केही चिकित्सक सहित थिए। दुर्घटनामा परेको बसका चालक फरार रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार