राजेन्द्र खड्कीको महल जत्रो ठूला घर पुग्दा सबै पर्छन् दंग

काठमाडौ । चर्चित कलाकार राजेन्द्र खड्की हिजो आज निर्माण र निर्देशमा ब्यस्त छन् । स्पष्टवक्ता राजेन्द्र पछिल्लो समय निकै चर्चामा छन् । नेपालका पुरा कलाकार भएका कारण उनलाई नेपालका अधिकांश कलाकारहरुको बारेमा धेरै जानकारी छ । 

सबैलाई पागल भनेर भाइरल बनेका राजेन्द्रसँग हालै गरिएको अन्तरवार्तामा उनको विशल बंगला भित्रका अपत्यारिला दृश्यहरु देखाइएको छ । भुइचालो पछि निर्माण गरेको उनको घर निकै राम्रो र आर्कषक भएका कारण पनि युट्युबरहरु उनको घरको रमाइलो बातावरणको दृश्य कैद गर्न भनेर उनको घरमा पुगीरहेका हुन्छन् । 

पुर्व राजपरिवारसंग पनि राम्रो सम्बन्ध बनाएका राजेन्द्रको घरमा विरेन्द्रका कान्छा छोरा निराजनले प्रयोग गर्ने महंगो गाडी नै छ । जुन राजाले उनलाई उपहार स्वरुप दिएको बताइन्छ । उनले आफ्नो घरको डिजाइन आफै गरेका हुन् । पोखरा फेवा लेकमा फिल्म छायांकनमा जाँदा उनले त्यहाँ एउटा घर देखेका थिए । 

त्यो घर देखेपछि उनलाई लाग्यो मैले पनि यस्तै घर बनाउँछु भन्ने लागेको थियो । काठमाडौ आएपछि उनले भुकम्प गएपछि त्यस्तै डिजाइनको घर बनाएको उनको घरमा घर भित्र नै सुइमिगं पुल छ । घर भित्र नै मन्दिर समेत रहेको छ । 

उनको श्रीमती पनि धार्मीक छन् मन्दिरमा उनको श्रीमानले पुजा गर्छिन । हेर्नुहोस् राजेन्द्रको घर भित्र देखिएका यि अजिब अजिवका दृश्यहरु भिडियोमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार