आज एकै दिन  धन कमाउन  विदेश हानिएका  १७  नेपाली आए बाकसमा, त्रिभुवन विमानस्थल  बन्यो भावविह्रल  

काठमाडौं २२ चैत  । आज एकैदिन  १७ जनाको  शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको  छ । वैदेशिक रोजगारीको क्रममा   विभिन्न   देशमा  ज्यान गुमाएका  १७ जना नेपालीहरुको शव  आज आइतबार बिहान त्रिभुवन विमानस्थल आइपुगेको हो । जसमा मेलेसियाबाट मात्रै १२ नेपालीको  शव नेपाल आइपुगेको हो भने कतारबाट र टर्कीबाट ३ जनाको शब आइपुगेको छ  ।

ज्यान गुमाउने  गोरखाका दुई जना  रहेका  छन् । जसमा गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि शव आएको थियो ।

  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍   अध्यक्ष  डा बाबुराम भट्टराईले आज ट्वीटर मार्फत शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा आशू थाम्न सक्ने अवस्था  नरहेको    बताएका   हुन्   ।  

 भट्टराईले लेखेका    छन् , कस्तो दुस्खद अवस्था१ बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो१तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर-२७ बर्ष-को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आॅसु थामिन्थ्यो र!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार